तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाका पूनः सञ्चालनमा

fine photo

काठमाडौं । तातोपानी नाका (बुधबार) देखि सञ्चालनमा आउने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड(१९)का कारण असोज २० गतेदेखि बन्द नाका सूचारु हुन लागेको हो ।

चिनियाँ अधिकारीहरुले बुधवारदेखि नेपालतर्फ सामान पठाउन सुरु गर्ने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो ।

दूई पक्षीय सहमती अनुसार चिनिया पक्षले बुधवारबाट नाका खोल्ने र बिहिवारबाट सामान ल्याउने तयारी भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताउनु भयो ।

चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जानेछ । कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको ढकालले बताउनु भयो ।

नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ्ग गर्ने काम सकिएकोले अब नेपाली श्रमिकहरु चीनतर्फ जानु पर्दैन, चिनियाँहरुले नै कन्टेनर नेपाली यार्डमा ल्याइदिने सहमति भएको तातोपानी भन्सार प्रमुख खत्रीले बताउनु भयो ।

बाढी र पहिरो जोखिमका कारण तीन महिनादेखि बन्द भएको नाका १९ असोजमा सञ्चालनमा आएको थियो, तर चीनतर्फ गएर सामान लोड गर्न खटिएका ७ जना नेपाली श्रमिकमा कोरोना देखिएपछि सञ्चालनको दोस्रो दिनमै चीनले सीमा नाका बन्द गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button