तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनपुर ८ कञ्चनपुर स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतिर जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक मोरङको उर्लाबारी नगरपालिका का ५५ वर्षीय केदार श्रेष्ठको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाइकल चालक सप्तकोसी नगरपालिका ७ का मुकेश सिंहको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
साथै उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोसी नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय अनिल कुमार यादव घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button