तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, तीन घाईते

बर्दिवास । महोत्तरीको रामगोपालपुरमा मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

ईलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईका अनुसार शनिवार राती करिव ११ः३० बजे रामगोपालपुर–सम्सी सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर घाईतेमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ एक जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।

रामगोपालपुरबाट गोटवनौली जाँदै गरेको गरेको ज.१०प. ३३९१ नम्बरको मोटरसाइकल र गोटवनौलीबाट रामगोपालपुर आउँदै गरेको ज.९प.८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ज.१०प. ३३९१ नम्बरको मोटरसाइकलमा सवार रामगोपालपुर नगरपालिका–५ कंचनपुर बस्ने २० वर्षीय लालबाबु मण्डल गम्भिर घाइते हुनु भएको थियो ।

गम्भिर घाईते हुनुभएका मण्डलको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

मृतक मण्डलको पोष्ट म्यार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाईको छ र घटनावारे छानविन भईरहेको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button