तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटना न्यूनिकरण गर्न जनचेतना बढाँउदै दारी ग्याङ

बाँके । कोहलपुरका युवाहरु सामाजिक गतिवधिमा सक्रिय हुन थालेका छन । दारी ग्याङ कोहलपुरमा आवद्ध युवाहरुले सडक दुर्घटना न्यूनिकरणका लागि अनुकरणीय काम गरेका छन ।

सडक दुर्घटना बढ्न थालेपछि दारी ग्याङ कोहलपुरको सक्रियतामा कोहलपुरमा बिभिन्न चोकहरुमा आज ट्राफिक सचेतनामुलक बोर्ड राखिएको छ । ट्राफिक प्रहरीसँगको समन्वयमा दारी ग्याङले ट्राफिक नियम बोर्ड राखेको हो ।

दारी ग्याङ कोहलपुरका सदस्य बिकल भट्टराईका अनुसार कोहलपुरका चौराहा, एनटिभि रोड, साझा, पिपल चौतरा, विद्युत रोड लगाएत क्षेत्रमा ट्राफिक नियम सम्बन्धि बोर्ड राखिएको हो ।

यसअघि दारी ग्याङले कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत कोहलपुर क्षेत्रमा ट्राफिक चिन्ह (जेब्राक्रसिङ) मर्मत गरेको थियो ।

कोहलपुरमा धारावाहिक रुपमा दुर्घटना बढेको भन्दै युवाहरुले पहिलो चरणमा कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत कोहलपुर–१० हाईस्कुल नजिकैको जेब्राक्रसीङ मर्मत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button