तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कार प्रयासको आरोपमा दुई पक्राउ

राजविराज । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् ।

प्क्राउ पर्ने अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय पुरुष रहेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएकी थिइन् ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार नै स्वास्थ्य परीक्षण भएको छ । बाहिर निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको आरोप पीडितले बताएकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button