तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री डा. भट्टराई र उहाँकी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि

डा. भट्टराईले शनिबार सो कुराको जानकारी सामाजिक सञ्जाल ट्वीटमार्फत गराउनुभएको हो ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हिसिला र म दुवैलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ, कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो ।”

उहाँले अगाडि लेख्नुभएको छ, “चिकित्सकहरुको सल्लाह बमोजिम हामी होम आइसोलेशनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरु सबैले सतर्कता अपनाउनु हुन विशेष आग्रह छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button