तपाईँ सुन्दै हुनुहुन्छः

समाजसेवी थकालीद्वारा नौ सय परिवारलाई राहत वितरण

जुम्ला । जुम्लाका समाजसेवी जनक थकालीले आफ्नो व्यक्तिगत खर्चमा करिब नौ सय परिवारलाई राहत वितरण गरेका छन् ।

कोरोनाका कारण रोजीरोटी गुमाएका, जडिबुटि संकलन गर्न नपाएर आर्थिक संकटमा परेका नौ सय विपन्न परिवारलाई उनले व्यक्तिगत २३ लाख बराबरको खाद्यान्न राहत वितरण गरेका हुन् ।

गुठिचौर गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका थकालीले स्थानीय सरकारलाई चुनौती दिदै लाखौको राहत वितरण गरेका हुन् । गुठिचौर गाउँपालिका १ र २ नं. वडाका नौ सय परिवारलाई प्रति परिवार २० किलो चामल र एक पोका तेल राहत स्वरुप वितरण गरेका छन् ।

मनकारी समाजसेवी थकालीले भन्नुभयो “जति मुल्य परेपनि राहत नागरिकका सेवाका लागि हो । मेरो सानो सहयोगले विपन्न समुदायको मुहार खुसी हुन्छन् भने किन नगर्ने । यहि सोचले करिब २३ लाखको राहत बाँडेको छु ।” महामारीका कारण संकटमा परेका बेला दशैँको मुखमै राहत पाएपछि स्थानीयहरू निकै खुशी भएका छन् ।

राहत लिदै स्थानीय उजेला रोकाया भन्नुभयो,“कोरोनाको पिडामा थोरै भएपनि जनक थकालीले दिएको राहतले मलम लगाएको छ । अब दशैपनि जसोतसो रमाईलो गरेरै बित्ने भयो ।” थकाली जस्ता मनकारी नेताको खाँचो रहेको उनको भनाई छ ।

गुठिचौर गाउँपालिका १ र २ नम्बर वडाका नौ सय परिवारालाई राहत दिन पुगेका थकालीलाई स्थानीयले भव्य स्वागत समेत गरेका थिए ।

जनक थकाली एक जडिबुटी व्यवसायी पनि हुन् । उनले यार्सागुम्बा र सेतक चिनी संकलन र बिक्रीवितरण गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button