तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको भुडाटारमा औद्योगिक ग्राम स्थापनाका लागि स्थल अवलोकन कार्य सम्पन्न

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तनहुँको भुडाटारमा औद्योगिक ग्राम स्थापनाका लागि स्थल अवलोकन कार्य सम्पन्न गरेको छ ।

मन्त्रालयका सचिवको नेतृत्वमा घरेलु उद्योग विकास समितिका अध्यक्ष सहितको टोलीले बन्दीपुर गाउँपालिका–१ भुडाटारमा औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन कार्य सम्पन्न गरेको हो ।

एक पालिका एक औद्योगिक ग्राम बनाउने सरकारको नीति बमोजिम बन्दीपुर गाउँपालिकाले भुडाटारमा रहेको ५० रोपनी सार्वजनिक जग्गा पहिचान गरेको र उक्त स्थानमा औद्योगिक ग्राम बनाउन सिफारिस गरिसकेको छ ।

औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा चार रोपनी र तराई क्षेत्रमा सात बिघा जग्गा हुनुपर्ने मापदण्ड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button