तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा छुट्टटाछुट्टै घटनामा तीन जनाको मृत्यु 

रुपन्देही । मंगलबार रुपन्देहीमा भएका छुट्टटाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको सियारी गाउँपालिका वडानम्बर १ का ४० वर्षीय कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको छ । नहरमा मोटर लगाएर बारी सिंचाईका लागि पानी तान्ने क्रममा करेन्ट लाग्दा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाहलाई जिपले ठक्कर दिँदा मृत्यु भएको छ । सिद्धार्थनगर–८ नारायणस्थान नजिकै भित्री सडक छेउमा ठेलामा फलफूल बेचिरहेका समयमा मल्लाहलाई लु. १ य ८ नम्बरको जिपले ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भिम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

यसैगरी, मंगलबारै बुटवल उपमहानगरपालिका ३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गमा परिचय नखुलेका एक जना मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले बताएको छ ।

ती पुरुषको मृत्युको कारणबारे अनुसन्धान भइरहेको र शब पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको डीएसपी खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button