तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणको क्रममा आज पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १५ जना महिला रहेका छन् । हिजो बिहान मृत्यु भएकी वीरगञ्ज महानगरपालीका वडा नम्बर–२ छपकैया निवासी २० वर्षीया मृतक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

थपिएका संक्रमित मध्ये कन्ट्रयाक्ट ट्रेसिङमा परेका ३० जना, आफैं जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकल शाखाका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ५ जना, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरी जवान, ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एकजना रहेको उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button