तपाईँ सुन्दै हुनुहुन्छः

विपन्नका लागि अर्जुनधारामा १७७ घर निर्माण

झापा । झापाको अर्जुनधारा नगरपालिकाले विपन्न परिवारका लागि सामुहिक आवाससहित १७७ वटा घर निर्माण गरेको छ ।

आ. व. ०७६–०७७ मा अर्जुनधारा नगरपालिका–३ झेलेनीमा १५ परिवारका लागि सामुहिक आवास निर्माण गरेको नगरपालिकाले नगरभित्र १७७ वटा घर निर्माण गरेको हो ।

संघीय सरकार, प्रदेश र स्थानीय तह तथा सामाजिक संघ–संस्थासँगको साझेदारीमा विपन्नका लागि घर निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख कमला खतिवडाले बताउनु भयो ।

संघीय सरकारबाट २४ वटा, सहारा नेपाल सहकारी संस्थासँगको साझेदारीमा ३३ वटा, जनता आवास कार्यक्रमअन्तर्गत १५ वटा, प्रदेश सरकारको सहयोगमा ३३ वटा नगरपालिका र सहारा नेपालसँगकै साझेदारीमा ३३ वटा र वडा नम्वर ५ मा ८ वटा र पहिरोपीडितका लागि ७ वटा घर निर्माण गरिएको उहाँले बताउनु भयो । नगरपालिकाभित्र २५ घरको छानासमेत फेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button