तपाईँ सुन्दै हुनुहुन्छः

सतर्कता अपनाउन पत्रकारहरूलाई उपप्रमुख खड्गीको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले कोरोना भाइरसबाट बच्न विशेष सतर्कता अपनाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

क्रियाशील पत्रकार महिलाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपप्रमुख खड्गीले पत्रकारहरू जटिल अवस्थामा पनि कार्यक्षेत्रमा खट्नुपर्ने भएकाले उनीहरूलाई सुरक्षित भएर काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा क्रियाशील पत्रकार महिलाले अग्रपंतिमा रहेर काम गर्ने महिला पत्रकारहरूलाई मास्क, सेनिटाईजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button