तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाकामा मृत्यु भएका यादवको परिवारलाई सहयोग

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले लकडाउनको समयमा कारणले धनुषाका जटही नाकामा ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवारलाई आज पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

शहिदनगर नगर नगरपालिकाको गोठ कोयलपुरस्थित यादबको घर पुगेर मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रति समवेदना ब्यक्त गद्रैै्रै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गरएको बताउनुभयो ।

उक्त अवसर मा प्रदेश सभासदस्य राम आशिष यादव, प्रदेश नंं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा सहित पनि उपस्थित रहनु भएको थियो ।

भारतको गुजरातवाट निक्कै कष्टपूर्ण यात्रा गरेर भोक भोकै नेपाल फर्किने क्रममा नेपाल भारतको सीमानाका जटहीमा वर्ष ३२ का यादवको मृत्यु भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button