तपाईँ सुन्दै हुनुहुन्छः

२१ जना महिला तथा किशोरी भारतको मणिपुरबाट उद्धार गरि नेपाल ल्याइयो

झापा । बिभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पुर्याएका  नेपाली महिला तथा कीशोरीहरुलाई उद्धार गरि नेपाल ल्याइएको छ ।
गएराती त्यहाँबाट लामो समय देखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको हो । लकडाउन भन्दा अघिनै स्थल तथा हावैमार्गबाट उनीहरुलाई त्यहाँ पुरयाइएको थियो ।

एजेण्टले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पुरयाएका थिए । उनीहरुको उद्धारमा उप—सचिव गोमा ढकाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डों र माइति नेपालका समन्वयमा उद्धार गरिएको माइति नेपाल १ नम्बर प्रदेश प्रमुख गोबिन्द घिमिरेले बताउनुभयो ।

उद्धार गरेका उनीहरु देशका बिभिन्न स्थानका रहेका छन् । उनीहरुलाई माइति नेपालको स्नेह गृह सतिघट्टामा राखिएको छ । घिमिरेका अनुसार उनीहरुलाई काठमाण्डौं लौजाने  तयारी भइरहेको छ । यस अघि पनि मणिपुरबाट १ सय ७९ र २३ जना नेपाली महिला तथा किशोरीलाई उद्धार गरि नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button