तपाईँ सुन्दै हुनुहुन्छः

झापामा खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत भेटिए

झापा । गत शनिवार खोलाले बगाएर बेपत्ता भएका झापा, भद्रपुर नगरपालिका वडा नम्बर ३ बस्ने ३३ वर्षीय हिरण राई आज मृत भेटिएका छन् ।

घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा आज दिउसो साढे १ः०० बजे कचनकबल गाउँपालिका–५ बागाडागीस्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यससँगै झापा जिल्लामा यस वर्षको खोलाले बगाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button