तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको धनगढीबाट नेकपाका ईन्चार्ज पक्राउ

 

धनगढी – कैलालीको धनगढीबाट प्रहरीले हतियार सहित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एंव सेती महाकाली ब्युरो ईन्चार्ज ओमप्रकाश पुन सहित दुई जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकम ७ बेली सडकखण्डबाट केन्द्रीय सदस्य पुन सहित अखिल नेपाल महिला संघ क्रान्तिकारी का सेती महाकाली ब्युरो ईन्चार्ज गौरा धामीलाइ पक्राउ गरेको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिनुभयो ।

उनीहरुबाट एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली र मोटरसाईकल बरामद गरिएको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button