तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश, विपक्षी दलका नेता शाहीलाई कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेश सभाको विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि छ ।

सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सांसद शाहीको सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेता शाहीको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । कोरोना पुष्टि भएपछि नेता शाही स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बस्नु भएको स्वास्थ्य शाखाका प्रमुख तिवारीले बताउनु भयो ।

दुई दिनअघि नेता शाहीको स्वाब संकलन गरिएपनि हिजो साँझ परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button