तपाईँ सुन्दै हुनुहुन्छः

२३ किलो गाँजा सहित एकजना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बाट २३ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पटेर्वासुगौली गाँउपालिका वडा नं.१ सोनबर्षा स्थित सदै मियाँको घरमा लुकाई छिपाई राखेको अवस्थामा २३ किलो ग्राम अवैध लागु औषध गाँजा सहित २८ वर्षीय किसुन मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

पक्राउ परेका मण्डललाई लागु औषध कारोवारको आरोपमा अदालतबाट म्यादथप गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पन्तले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button