तपाईँ सुन्दै हुनुहुन्छः

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

रासस । कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौँ रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षीय सौजन तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गएराति ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो ।

तामाङ लगायतको समूहले गत असोज ७ गते कृषि विकास बैंक शाखा कार्यालय न्युरोडमा अनधिकृत रुपमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रकमान्तर गरी त्यसबाट नौ लाख ५० हजार भुक्तानी लिएको थियो ।

यस्तै, आरोपी सुनिता श्रेष्ठ समेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कूल चार करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको थियो ।

महाशाखाले श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जालाई पक्राउ गरी सङ्गठित अपराध कसुरमा अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइए पनि तामाङ भने फरार रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button