तपाईँ सुन्दै हुनुहुन्छः

झण्डै डेड अर्ब लगानीमा दिनेश–रामजी बहु प्राविधिक शिक्षालयको भवन बन्ने

मेलम्ची । जिल्ला सदुरमुकाम चौतारामा एक बर्ष अघि स्वीकृति लिएर सुरु भएको दिनेश–रामजी बहुप्राधिक शिक्षालयको आफ्नै भवन बन्ने भएको छ ।

झण्डै डेड अर्ब लगानीमा चौतारा र मेलचौरको बीच भाग पर्ने आहाल डाँडामा बन्ने बहु प्राविधिक शिक्षालयको प्रारम्भिक गुरु योजना निर्माण भएसंगै छलफल सुरु भएको छ ।

गुरु योजना सम्बन्धी छलफल बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको उपस्थितिमा आज चौतारा बहुमुखी क्याम्पसमा भएको हो । गुरु योजनाको प्रस्ताव आईसकेकाले केही दिनमै उक्त प्रस्तावले मुर्त रुप लिने सामाजिक विकासमन्त्री दुलाले बताउनुभयो । १५० रोपनी क्षेत्रफलमा बन्ने बहुप्राविधिक शिक्षालय तोकिएको क्षेत्र बनले ढाकिएको हुनाले वातवणीय परिक्षण (ईआईए) लगाएत काम बाँकी रहेको उहाँले बताउनुभयो ।

झण्डै एकसय पचास कर्मचारी रहने अनुमान गरिएको उक्त प्राविधिक शिक्षालयमा अधिकांश प्रयोगात्मक हुने मन्त्री दुलालको भनाई छ । हाल एकसय पचास रोपनी रहेको उक्त क्षेत्रलाई कृषि प्राविधिक प्रयोगशालाको लागि थप चारसय रोपनी आवश्यक रहेको उहाँले बताउनुभयो ।

मन्त्री दुलालकै पहलमा एक वर्ष अघि बहुमुखी क्याम्पसमा कम्युटर ईन्जिनियर र सिभिल ईन्जिनियरको कक्षा सञ्चालनमा रहेको छ । त्यस्तै यसअघि आहालडाँडामै एउटा विल्डिङको लागि १८ करोड टेन्टर आह्वान भईसकेको मन्त्री दुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बहुप्राविधिक शिक्षालयको लागि थप भौतिक संरचना निर्माण गर्नुपर्ने भएपछि सो को गुरुयोजना निर्माण गर्न लागिएको हो ।

प्रस्तावित बहुप्राविधिक शिक्षालयको गुरुयोजना (मास्टरप्लान) ईन्जिनियर गंगासागर प्रजापतिले तयार गर्नुभएको हो ।

प्रस्तावित गुरुयोजनामा प्राविधिक शिक्षालय रहने क्षेत्रफल ९० हजार एकसय १६ दशमलब ९७ स्क्वायर मिटर साईड एरिया रहेको छ । त्यस्तै भवन मात्रै ८ हजार ६ सय ४८ दशमलब ४९ स्क्वायर मिटरमा बन्ने छ ।

ईन्जिनियर प्रजापतिका अनुसार बहुप्राविधिक शिक्षालय मुख्य तीनवटा भवन तथा एउटा लाइब्रेरी बन्ने छ । कृषि प्राविधिक धारको लागि भने छुट्टै संरचना आवश्यक रहेको उहाँको भनाइ छ । प्रस्तावित गुरुयोजनामा फ्याकल्टी अनुसारको भवनको संरचना, ग्राउण्ड, गार्डेन तथा पार्किङ लगाएत संरचना रहने छन् ।

प्रारम्भिक छलफलमा जनप्रतिनिधी सरोकारवाल निकाय लगाएको सहभागितामा भएको उक्त छलफल कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले गर्नुभएको हो । प्रस्तावित योजनाले सिन्धुपाल्चोक बासीको लागि सुखद् विषय भएको दिनेश–रामजी बहुप्राविधिक शिक्षालय सञ्चालन समितिका अध्यक्ष समेत रहेका प्रजिअ ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button