तपाईँ सुन्दै हुनुहुन्छः

‘कार्यतालिका तत्काल परिमार्जन गरेर काम अगाडि बढाउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रीक समाजवाद र सुदुरपश्चिम प्रदेश विषयक भर्चूअल अन्र्तक्रियामा वरिष्ठ नेता पौडेलले आगामी महाधिवेशनबाट पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले गाँउको विकास, उन्नती, जनतालाई रोजगारी प्रदान गर्न आम्दानीको बाटो पहिल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले महाकाली सन्धीको कार्यान्वयन नहुदा सुदुरपश्चिमको विकास अपेक्षाकृत हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button