तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता्, दुई लाख ३८ हजारका सामान बरामद गरि नष्ट

बैतडी । बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । म्याद नाघेका अखाद्य सामग्री विक्रि वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिईएको हो ।

यसका साथै उपभोक्ता अधिकारका बिषयमा व्यापारी र नागरिकहरुलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो ।

अहिलेसम्म गोठलापानी, गढी, शाहीले, देहीमाण्डौ, गुरुखोला, मुस्याचोर, पाटनलगायतका क्षेत्रमा बजार अनुगमन गरिएको छ । ती बजारहरुबाट अहिलेसम्म दुई लाख ३८ हजार बराबरको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको लेखकले जानकारी दिनुभयो ।

म्याद सकिएको चिसो पेय पदार्थ, पिठो, सोयाबडी लगायत अन्य खाद्यान्न सामग्री समेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरेको लेखकले जानकारी दिनुभयो ।

प्रहरी चौकीहरुको निरीक्षण गरिदैँ
बैतडीमा रहेका प्रहरी चौकीहरुको निरीक्षण सुरु गरिएको छ । जिल्लामा नयाँ प्रहरी प्रमुखका रुपमा नारायणप्रसाद अधिकारी आउनुभएपछि चौकीहरुको निरीक्षण थालिएको हो ।

हालसम्म जिल्लाका तीन चौकीको निरीक्षण सम्पन्न भएको छ ।

खोचलेक प्रहरी चौकी, गोकुलेश्वर प्रहरी चौकी र सिमार प्रहरी चौकीको निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शान्तिसुरक्षा, चौकीहरुको व्यवस्थापन, जनप्रतिनिधिहरुसँग र जनतासँगको प्रहरीको सम्बन्धका बिषयमा बुझिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button