तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो जाँदा भिमफेदी–कुलेखानी सडक खण्ड अवरुद्ध

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट केन्द्रीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा भिमफेदी–कुलेखानी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

भिमफेदी गाउँपालिका–६ गढी नजिक पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।  सडकमा लेदो माटोसहितको पहिरो खसेकाले बाटो दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार रातिदेखि परेको लगातारको वर्षाका कारण आज बिहान माथिबाट लेदो माटोसहितको पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

पहिरो पन्छाउने काम भइरहेको तथा बाटो अवरुद्ध हुँदा सयौँ सवारी साधन बिच बाटोमा रोकिएको उहाँले जानकारी दिनुभयो ।

महिलाको शव फेला
हेटौँडा उपमहानगरपालिका–४ कर्रा स्थित सुर्यचोक नजिक एक महिलाको शव फेला परेको छ ।

बन्द कोठा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

महिलाको पहिचान खुलिनसकोको र आत्महत्या हो वा हत्या हो भन्नेबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

घटनास्थलमा प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोली पुगेको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button