तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुर बजार खुल्यो

तुलसीपुर । तुलसीपुर बजार आजदेखि पूर्ण रूपमा खुलेको छ । यस अघि पालो अनुसार खुल्दै आएका पसलहरू आजदेखि पूर्णमा खुलेका हुन् ।

कपडा पसल, फेन्सी, सुनचाँदी, हार्डवेयर, सैलुन, खाद्यान्न, बैङ्कहरू, किराना, जुत्ता चप्पल, होटेल लगायतका पसलहरू खुलेका छन् । पसलहरू खुलेसँगै सामान किनमेल गर्नेको पनि घुइँचो लागेको छ ।

गएको बुधवार मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले तय गरेको सुरक्षा मापदण्ड पूरा गरेर बजार खुल्ला गर्न दिने गरी लकडाउनलाई सहजीकरण गर्दै लैजाने निर्णय गरेको थियो । यसैलाई आधार बनाएर व्यापारीहरुे पसल खोलेको तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले जानकारी दिनुभयो । ‘केही दिन अघिसम्म खाद्यान्न, बैङ्क, हार्डवेयर, फेन्सी पसल पालो अनुसार बिहान मात्रै खुल्दै आएका थिए ,’ चेम्बरका अध्यक्ष घर्तीले भन्नुभयो –‘आजदेखि त सबै खुलेका छन् ।’

चैत्र ११ गतेदेखि बन्द रहेका पसलहरू आज पूर्ण रूपमा खुलेकाले र मानिसहरूको चहलपहल पनि बढेको अध्यक्ष घर्तीले बताउनुभयो ।

कोरोना सङ्क्रमण फैलिन नदिन सुरक्षा मापदण्ड अपनाएर वस्तुस्थितिका आधारमा पसलहरू खुल्ने भनिए पनि त्यसो गरेको भने पाईदैन् । सम्भावित कोरोनाको सङ्क्रमण फैलिन नदिन व्यवसायी सङ्घ सङ्गठन, स्थानीय सकार र प्रशासनको कुनै समन्वय विना पसलहरू खुलेको देखिन्छ ।

घोराहीमा भने आंशिकमा रूपमा बजार खुलेको त्यहाँ सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button