तपाईँ सुन्दै हुनुहुन्छः

साँफे हाटबजारमा अत्यावश्यक पसल खुला

अछाम । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगरको हाटबजारमा मदिरा र सैलुन बाहेकका पसलहरू खुल्ला गरिएका छन् । शुक्रवार साँफेबगर नगरपालिका वडा नं. ३ मा गठन भएको बजार अनुगमन समितिले मदिरा र सैलुन बाहेक पसलहरूलाई केही सम्म खुल्ला गर्ने निर्णयपछि पसल खुलेका हुन् ।

आजबाट लागु हुने गरी बिहान ६ बजे देखि दिउसो १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न सकिने निर्णय भए बमोजिम पसल खुला गरिएका अनुगमन समिति संयोजक तथा वडा अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो ।

सर्त राखेर गरिएको निर्णय अनुसार होटेल तथा नास्ता व्यावसायीहरुले खानेकुरा प्याकिगं गरेर मात्र सेवा दिने र लजलाई पूर्ण रूपमा निषेध गर्ने, सबै व्यवसायीहरुले मास्क, पन्जा प्रयोग गर्ने र हात सेनिटाईज गर्ने गरी व्यावसायिक सञ्चालन गरिने निर्णय भएको हो । तोकिएका व्यवसायीहरुले सामाजिक दुरी कायम गरी व्यवसाय सुरु गर्न सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button