तपाईँ सुन्दै हुनुहुन्छः

धुर्कोटका शिक्षकले दिए कोरोना कोषमा साढे चार लाख

कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा गुल्मीको धुर्कोट गाउँपालिकाका शिक्षकले चार लाख ३९ हजार भन्दा धेरै सहयोग गरेका छन् ।

गाउँपालिकाका भित्र शिक्षकहरुले २ दिनको पारिश्रमिक वापतको ४ लाख ३९ हजार ५५९ रुपैयाँ सहयोग गरेका हुन् ।

गाउँपालिकाले सहयोगका लागि गरेको अपिल र शिक्षकहरुले २ दिन बराबरको पारिश्रमिक दिने निर्णय अनुसार उनीहरुले सो सहयोग गरेका हुन् ।

गाउँपालिकाभित्रका ४७ विद्यालयका २२१ शिक्षकले रु आफ्नो तलवबाट सो रकम कटाएर राहतकोषमा जम्मा गरेका हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button