तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा थप २७ जनामा कोरोना पोजेटिभ

धादिङ । धादिङमा आज थप २७ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिकामा विभिन्न क्वारेन्र्टाईनमा बस्दै आएका उनीहरुमा थ्रोट स्वाब परिक्षण गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टी गरेको हो । संक्रमण देखिएका हरु १६ वर्षेखि ५६ बर्षउमेर समुहका रहेका छन् ।

उनीहरु सबै भारतका विभिन्न शहरबाट रोजगारीको सिलसिलामा गई फर्केकाहरु हुन । संक्रमितहरुहरुलाई जिल्लास्थित आइसोलेसनमा राखिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र मास्कीले जानकारी दिनुभयो ।

यससंगै धादिङमा संक्रमितको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button