तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुंगामा भरुवा बन्दुकसहित एक युवा पक्राउ

ओखलढुंगा । ओखलढुंगामा भरुवा बन्दुकसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ४ सिस्नेरी निवासी २६ वर्षीय युवराज राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले घरैबाट राईलाई पक्राउ बन्दुक सहित पक्राउ गरेको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।

सोमबार पक्राउ परेका राईलाई म्याद थप गरेर हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button