तपाईँ सुन्दै हुनुहुन्छः

‘आगामी आवमा १३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशभित्र विद्युत् आपूर्ति व्यवस्थाका लागि प्रसारण लाइन विस्तारमा पर्याप्त रकम विनियोजन गरिएको जानकारी दिनुभएको छ ।

विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै उर्जामन्त्री पुनले मुलुकमा कुल विद्युत् उत्पादन जडित क्षमता १३८६ मेगावाट पुगेको जानकारी गराउँदै आगामी आर्थिक वर्षमा करिब १३ सय मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने बताउनुभयो ।

विद्युत् सेवालाई थप भरपर्दो बनाउँदै जनताको विद्युत् पहुँचमा वृद्धि गर्न ग्रामीण विद्युतीकरणलाई प्राथमिकता दिई चार अर्व रकम विनियोजन गरिएको जानकारी समेत गराउनुभयो ।

उहाँले सिँचाइ सुविधा भरपर्दो नभएका तराईका जिल्लाहरूमा रोजगार उन्मुख समृद्ध तराई मधेस कार्यक्रमका लागि उल्लेख्य रकम विनियोजन गरिएको जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button