तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका दुई अस्पतालबाट ११ जना डिस्चार्ज

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालबाट बाबुछोरी सहित ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत अछामका २ जना र बैतडीका ४ जनालाई आज डिस्चार्ज गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो ।

उता आज नै कैलालीको टीकापुर अस्पतालबाट पनि ५ जना संक्रमित घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button