सुनसरीको भोक्राहामा भेटिए सात कोरोना संक्रमित
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ८ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका सात जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
भारतबाट फर्किए यता क्वारेन्टाइनमा बसेका ५१ जना मध्ये ४० जनाको स्वाब परिक्षण गरिएकोमा सात जना पोजेटिभ पाइएको हो ।
जामिया जियाउल उलुम मदरसामा बस्दै आएका सात जना कोरोना संक्रमित मध्ये तीन जना विद्यार्थी रहेको बताइएको छ ।
भारतमा अध्ययनको क्रममा रहेकाहरु उनीहरु १० दिन अघि मात्र घर फर्किएका हुन् । अन्य चार जना भने कामको सिलसिलामा गुजरात गएका व्यक्तिहरु हुन् ।
संक्रमित मध्ये छ जना पहिले नै क्वारेन्टाइनमा रहेका हुन भने एक जना भारतबाट फर्किएर घरमा केही दिन बिताएको खुल्न आएको छ ।
कोरोना संक्रमित पाइएका व्यक्ति घरपरिवारमा केही दिन बसेको पाइएको हुँदा वडा नम्बर ८ लाई सिल गर्नु पर्ने स्थानीयहरुले माग गरेका छन् ।
संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्