तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका कोरोना सङ्क्रमितको अवस्था सामान्य

पर्वत । पर्वत कोरोना अस्पतालमा उपचाररत सबै जना सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।

उनीहरू चार दिन अगाडी भारतबाट आएका थिए । हिजो सङ्क्रमण पुष्टि भएपछि १९ वर्षका एक जना, २० वर्षका दुई जना, २१ वर्षका एक जना र ४० वर्षका एक जनाको पर्वत अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको छ ।

पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले सङ्क्रमण पुष्टि भएकाहरूमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिनुभयो । सबै जनाको अवस्था सामान्य रहेको बताउँदै देवकोटाले उनीहरू चाँडो निको भएर घर फर्किने दाबी गर्नुभयो ।

यसैबिच पर्वतमा भारतबाट नयाँ मान्छे आउने क्रम रोकिएको छैन । आज बिहान १६ जना आइपुगेका छन् ।

आजसम्म पर्वत जिल्लामा एक सय ५९ जना भारतबाट आइपुगेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button