तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा पाँच र स्याङ्जामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्वत । पर्वतमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट आएका जिल्लाको फलेवास नगरपालिकाका दुई जना र महाशिला गाउँपालिकाका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशक डा बिनोदबिन्दु शर्माका अनुसार सङ्क्रमित हुनेमा २०, ४०, १९, २० र २१ वर्षका पुरुष रहेका छन् ।

भारतबाट आएका उनीहरू कुस्मास्थित वन्दना होटेलको क्वारेनटाइन रहेका छन् ।

सङ्क्रमितहरूलाई आइसोलेसनमा लैजाने तयारी भईहेको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

त्यस्तै गरी स्याङ्जाको बिरुवा गाउँपालिका र चापाकोट नगरपालिकामा पनि थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० वर्षका पुरुष र बिरुवा गाउँपालिकाका २० वर्षका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पर्वतमा पहिलो सङ्क्रमण देखिएको हो भने अहिले सम्म गण्डकी प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button