तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एकै दिन थपिए १९ संक्रमित, जिल्लाभर ४४

सल्यान । सल्यानमा एकै दिन १९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको सख्या ४४ पुग्यो पुगेको छ ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा आइतबार थप १९ जनामा पीसिआर पोजेटिभ भेटिएको हो । संक्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । संक्रमित नगरपालिकाको वडा न १, ३ ४, ५, ६ र ७ वडाका रहेका छन् ।

बडा न १ का ३४ र ४० वर्षका पुरुष, वडा न ३ का १७, १७, १९, १९, २२ र २८ वर्षिय पुरुष, वडा न ४ का २२, २४, २५ वडा न ५ का २१, २८ र ३६ वर्षिय पुरुष रहेका छन् । यस्तै वडा न ६ का २३, २३, २४ र वडा न ७ का २० र २१ वर्षका पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

संक्रमित १९ जनालाई सुरक्षित तरिकाले क्वारेनटाइनमा राखिएको र सोमबार जिल्ला अस्पताल पठाउने तयारी भइरहेको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button