तपाईँ सुन्दै हुनुहुन्छः

‘आर्थिक सबलीकरणमा अगाडि बढ्नुको विकल्प छैन’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको वार्षिक अनुमान बजेट माथिको छलफलमा राखेका प्रश्नहरूको अर्थमन्त्री डा.युवराज खतिवडाले जबाफ दिँदै बजेटमा आएका सुझावहरूलाई सरकारले सकारात्मक रूपमा लिएको बताउनुभयो ।

उहाँले कोरोना महामारीका कारण जिवनरक्षा गर्दै आर्थिक सबलीकरणमा अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।उहाँले सरकारको सबै क्षेत्रको दायित्वका बिच स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट राखिएको जानकारी दिनुभयो ।

बजेटलाई सानो र स्रोत व्यवस्थापन सहितको रहेको दाबी गर्दै अर्थमन्त्री डा. खतिवडाले राहत र पुनरुत्थानमा विशेष ध्यान दिइएको बताउनुभयो ।

उहाँले सरकारले शिक्षा क्षेत्रको आफ्नो दायित्वमा प्रतिबद्ध रहेको चर्चा गर्नुभयो । एमसिसिका बारेमा संसद्ले निर्णय गरे अनुसार नै हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

आजको बैठकको प्रारम्भमा पनि सांसदहरुले आगामी बजेटमा केन्द्रित रही धारणा राख्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि(मङ्गलवार० बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button