तपाईँ सुन्दै हुनुहुन्छः

आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि एक पुरुषको मृत्यु

मेलम्ची । आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि सिन्धुपाल्चोकको सुनकोसीमा एक पुरुषको मृत्यु भएको छ ।

त्रिपुरा सुन्दरी–३ सुनकोसी बस्ने ५० वर्षीय ज्ञान बहादुर श्रेष्ठको आफैले बोकेको खुकुरीले कोखामा रोपिएर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

श्रेष्ठ तरकारी खेती गर्न टनेल बनाउन घरभन्दा तीन सय मिटर पर बाँस काट्ने क्रममा चिप्लिएर लड्न गई आफैले बोकेको खुकुरी आफ्नै बायाँ कोखामा रोपिएर घाइते भएका थिए ।

श्रेष्ठलाई छोराले बोलाउँदै जाँदा घाइते अवस्थामा भेटेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याइएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button