तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना महामारीका कारण जिबन रक्षा गर्दै आर्थिक सबलिकरणमा अगाडि बढनुको बिकल्प नरहेका अर्थमन्त्रीको भनाई


काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा सासदहरुबाट आगामि आर्थिक बर्षको बार्षिक अनुमान बजेट माथिको छलफलमा राखेका प्रश्नहरुको अर्थमन्त्री युबराज खतिबडाले जबाफ दिदै बजेटमा आएका सुझाबहरुलाई सरकारले सकारात्मक रुपमा लिएको बताउनुभयो ।

उहाले कोरोना महामारीका कारण जिबन रक्षा गर्दै आर्थिक सबलिकरणमा अगाडि बढनुको बिकल्प नरहेको बताउनुभयो ।

उहाले सरकारको सबै क्षेत्रको दायित्बका बिच स्वास्थ्य क्षेत्रमा उलेख्य बजेट राखिएको जानकारी दिनुभयो ।

बजेटलाइ सानो र स्रोत ब्यवस्थापन सहितको रहेको दाबि गर्दै अर्थमन्त्रीले राहत र पुनरउत्थानमा बिषेश ध्यान दिइएको दाबी गर्नुभयो ।

उहाले सरकार शिक्षा क्षेत्रको आफनो दायित्वमा प्रतिबद्ध रहेको समेत बताउनुभयो । उहाले एम सि सि का बारेमा संसदले निर्णय गरे अनुसार नै हुने पनि स्पस्ट पार्नुभयो ।

आजको बैठकको प्रारम्भमा पनि सांसदहरुले आगामी बजेटमा केन्द्रित रहि धारणा राख्नु भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान ११ बजे पुन बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button