तपाईँ सुन्दै हुनुहुन्छः

एक हप्तामै १७ हजार नागरिकको उद्धार

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी खुलेपछि एक हप्तामै १६ हजार ९ सय १२ जना भन्दा बढी नेपाली नागरिकहरुको उद्धार गरिएको छ ।

यस्तै एक हप्ताको अवधिमा आजसम्म गड्डाचौकी नाकाबाट ९७२ जना भारतीय नागरिकहरुलाई भारततर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

गृह मन्त्रालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यही जेठ १२ गते देखि कञ्चनपुर जिल्लाभर निषेधाज्ञा जारी गरी गड्डाचौकी नाकाबाट नागरिकहरुको उद्धारको कार्यलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभयो ।

उद्धार गरिएका नेपाली नागरिकहरुलाई सम्बन्धित जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरी पठाउने कार्य पनि भैइरहेको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button