तपाईँ सुन्दै हुनुहुन्छः

तीनवटा ठेकेदार कम्पनीलाई एक–एक लाख जरिवाना

रञ्जन यादब, बारा । लकडाउनमा मापदण्ड विपरीत बाराका खोलाहरुबाट नदीजन्य पदार्थहरु निकाल्ने तीन वटा ठेक्दार कम्पनीहरुलाई आज कारवाही गरिएको छ ।

कारवाहीमा पर्नेमा जितपुरसिमरा उपमहानगरपालिकाको खोलाहरुबाट ढुङगा बालुवा, गिटी र ग्रेभल उत्खनन गर्ने ठेक्का लिएका ठेक्दार कम्पनी हेटौँडाको न्यु पाथीभारा सप्लार्यस , सिमराका श्रेष्ठ बिल्डर्सले र कलैयाका ओम सप्लार्यस रहेका छन् । जिल्ला अनुगमन तथा समन्वय समितीको बैठकले यी तीनवटै कम्पनीहरुलाई जनही एक–एक लाखको दरले जरिबाना गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

बालगंगा, दुधौरा र पसाह गरी तीनवटै खोलाहरुमा मापडण्ड विपरीत उत्खन्न गरेको देखिए पछि स्काभेटर र टिपरहरु गरेर १५ वटा गाडिलाई हिजो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा खोलाहरूको अनुगमन गर्न गएको टोलीमा प्रमुख जिल्ला अधिकारी पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदी लगाएको सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

बालगंगा खोलाबाट लगभग २१ लाख १० हजार क्युफिट नदीजन्य पदार्थ उत्खनन गर्नको हेटौँडाको न्यु पाथीभारा सप्लार्यसले तीन करोड ७९ लाखमा नदीजन्य पदार्थको ठेक्का सकार गरेकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button