तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि

दैलेख । दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ ।

वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका ३५ वर्षीय युवाको आज नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो ।

यही जेठ ७ गते भारतबाट आएका उहाँसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । मृतक युवाको शव के गर्ने भन्नेबारेमा जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताउनुभयो । कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उहाँ पहिलो हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button