तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा थप ५७ जनामा संक्रमण, संक्रमितको संख्या साँढे पाँच सय

जनकपुरधाम । पछिल्लो २४ घण्टामा यस प्रदेश नं. २ मा थप ५७ जना नयाँ ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएको संख्या संगै प्रदेश नंं २ मा ५ सय ५४ जना कोरोनावाट संक्रमित हुनु भएको छ ।

नयाँ संक्रमित हुनेहरुमा सप्तरी जिल्लामा ९ जना, सिराहा जिल्लामा ११ जना, धनुषा जिल्लामा ७ जना, महोत्तरी जिल्लामा ४ जना, सर्लाही जिल्लामा १७ जना, रौतहट जिल्लामा ६ जना, बारा जिल्लामा १ जना र पर्सा जिल्लामा २ जना रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भएको छ ।

यस प्रदेशमा कोरोना माथि ९८ जनाले विजयी हासिल गरेर निको भई अस्पतालवाट घर फर्किनु भएको छ ।

पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २३ पुरुष र १ महिला गरी कूल २४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ भने सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसेलसन कक्षमा कोरोना संक्रमित १४ जना पुरुषहरुको उपचार भइरहेको सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा ३ महिला र २६ पुरुष गरी कूल २९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ भने महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १ जना महिला र १८ जना पुरुष गरी कूल १९ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित २१ जना पुरुष र २ जना महिला गरी २३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ भने रौतहट जिल्ला स्थित चपुर अस्पतालमा ७ जना पुरुष तथा रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ४ महिला र २५ पुरुष गरी कुल २९ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा १४ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहटको गरुडा नगरपालिका स्थित नेपाल प्रहरी विद्यालयमा रहेको आइसोलेसन कक्षमा ४ जना महिला र ६२ जना पुरुष गरी कुल ६६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको उहाँले जानकारी दिनु भयो ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिला गरी ५० जना संक्रमितहरुको उपचार भइरहेको छ भने पर्सा जिल्ला स्थित नारायणी अस्पताल अन्तर्गत रहेको कोरोना विशेष गण्डक अस्पतालमा १० जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

सिराहा अस्पताल सिराहाको कोभिड विशेष अस्पतालमा ७ जना, महोत्तरी जिल्लाको जलेश्वर अस्पताल स्थित कोभिड विशेष अस्पतालमा ७ जना, बारा जिल्ला स्थित कलैया कोभिड अस्पतालमा २ जनागरी कुल १६ जना कोरोनाको आशंका गरिएका बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button