तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरका चारै संक्रमिण डिस्चार्ज

भक्तपुर । भक्तपुरका चारै जना कोरोना संक्रमित डिस्र्चाज भए पछि भक्तपुरमा कोरोना भाइरस कोभिड १९ नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । तेस्रो संक्रमित ४२ वर्षीय कोरोना संक्रमित पुरुष पनि आज अस्पतालबाट डिस्र्चाज भएपछि र नयाँ संक्रमित नभेटिएपछि भक्तपुरमा कोभिड १९ नियन्त्रणमा आएको देखिएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ दिनमा भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय पुरुष घर फर्किएका हुन् । बलम्वु स्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारारत उनको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि डिस्र्चाज भएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले बताउनुभयो ।

भक्तपुर दुवाकोटका एक पुरुष र थिमि नगरपालिकामा एक महिला केही दिन अघि नै डिस्चार्ज भएर घर आई सकेका छन् । उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको छ । त्यस्तै अर्का संक्रमित भक्तपुर नगरापालिकाका एक महिला जनप्रतिनिधि विहिवार राती ६ दिन को उपचार पछि घर फर्किसकेकी छिन् । उनको पनि हाल स्वास्थ्य अवस्था सामान्य छ ।

भक्तपर जिल्लामा हाल सम्म देखिएका चारै जना संक्रमिण उपचार पछि घर फर्किसकेकाले भक्तपुर अब ग्रीन जोनमा रहेको परिसरका प्रमुख एसपी प्रधानले बताउनुभयो । भक्तपुर जिल्लालाई ग्रीन जोनमा कायम राख्न आगामी दिन अझ सचेत भई सरकारले जारी गरेको लकडाउन र सचेतता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button