तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर अस्पताल परिसरभित्र कोभिड–१९ उपचार भवन निर्माण, शीघ्र सेवा सञ्चालन हुने

भक्तपुर । कोभिड–१९ सङ्क्रमितको उपचारको लागि भक्तपुर अस्पतालमा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभाग मार्फत निर्माण भएको अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डा.सुमित्रा गौतमले बताउनुभयो ।

अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआईडी) को सहयोगमा भक्तपुर अस्पताल परिसरमा निर्माण भएको उक्त कोभिड–१९ उपचार भवनको निर्माण सम्पन्न भएपछि स्वास्थ्य मन्त्रालय तथा भवन विभागले अस्पताललाई भवन हस्तान्तरण गरेको छ ।

भक्तपुर अस्पताल परिसरभित्र कोभिड–१९ उपचार भवन निर्माण भएको छ । उक्त भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत डिपार्टमेन्ट फर ईण्टरनेशनल डेभलपमेण्ट (डिएफआईडी)को सहयोगमा भवन निर्माण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले बताउनुभयो ।

भक्तपुर अस्पतालका भवन संरचनाहरू रेक्ट्रोफिटिङ कार्य सञ्चालन भइरहँदा एक्कासि कोभिड–१९ को विश्वव्यापी प्रकोपको आकस्मिक अवस्था उत्पन्न भएको र भक्तपुर अस्पताललाई जिल्लाको कोभिड–१९ उपचार केन्द्र घोषणा गरिए लगत्तै क्यान्टिन भवलाई कोभिड –१९ उपचार भवनका रूपमा प्रयोग गरिने निर्णय भएको उहाँले बताउनुभयो ।

सोही अनुरूप लकडाउनका बाबजुद पनि विशेष प्राथमिकता साथ निर्माण कार्य अघि बढाई संरचना निर्माण कार्य सम्पन्न भएको हो ।

(डिएफआईडी)को आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित भवनको लागत एक करोड ८९ लाख १२ हजार तीन सय दश रहेको छ ।

भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट अख्तियार प्राप्त गरी सहरी भपन निर्माण विभागबाट निर्माणको लागि टेन्डर प्रक्रिया गरी ज्ञान ज्योति विल्डर्स प्रा.ली.काभ्रे मार्फत निर्माण भएको हो ।

चार सय ८४ बर्गमिटर जमिन ओगटेको यस भवनमा छ बेडको आइसियु ,छ बेडकै एन आइसियु, २० वार्ड बेड,  दुई आइसोलेसन बेड,  मेसिन स्टोर चेन्ज रुम, यूपिएस रुम,  सुचर पोस्युजर रुम,  स्टाफ रुम लगायत आवश्यक शौचालय रहेका छन् ।

मेडिकल सुपरिटेण्डण्ट डा.गौतमले भन्नुभयो,‘ अब भवनका लागि आवश्यक बेड, ओछ्याउन म्याट, फर्निचर लगायतका सामाग्रीहरूको जोहो गरी बिरामीका लागि आवश्यक सामान राख्दछौ, स्वास्थ्य मन्त्रालयले चिकित्सकको टोली पठाउने भएको छ, अब तत्काल यहीबाट कोभिड–१९ को उपचार सुरु गर्छौ ।’

लकडाउन लम्बिएपछि ठेकेदारले रोकेको उक्त भवन निर्माण सम्पन्न गर्न नेपाली सेना वीर दल गण सूर्र्यिवनायकका गणपति एवं कर्णेल शिव पौडेलले निकै सहयोग गरेको मेसु डा. गौतमले बताउनुभयो ।

भवनबाट स्वास्थ्य सेवा सञ्चालन गर्न फर्निचर तथा मेडिकल उपकरणहरूको व्यवस्था गरी शीघ्र कोभिड–१९ उपचार केन्द्रको सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
भवन स्वास्थ्य मन्त्रालयका सहरी भवन विभाग, तथा डिएफआईडी का पदाधिकारीको प्रत्यक्ष तथा अनलाइन उपस्थितिमा भक्तपुर अस्पताललाई शुक्रवार हस्तान्तरण गरिएको छ ।

अस्पताल भवनको रेक्ट्रोफिटिङ्ग योजनाको पनि टेन्डर आव्हान भइसकेको र केही दिनमै उक्त कार्य पनि सञ्चालन हुने जनाइएको छ ।

यसका साथै अस्पतालको प्रसूति सेवा, शल्यक्रिया, सघन उपचार इकाईको सेवाको लागि पर्याप्त एक छुट्टै भवन निर्माण गर्ने योजना समेत अस्पतालको रहेको छ ।

अस्पतालको आयोजना सम्पन्न भएपछि अस्पताल भूकम्प प्रतिरोधी हुने र स्तरोन्नति समेत हुने हुँदा अस्पतालले स्वास्थ्य सेवा प्रवाहमा अझ बढी प्रभावकारिता आउने अस्पतालले अपेक्षा लिएको छ ।

मेसु डा. गौतमका अनुसार रेक्टोफिटिङ्गको लागि टेन्डर भइसकेको छ । भवनलाई भूकम्पीय प्रबलीकरण गर्दै स्वास्थ्य उपचारको लागि उपयोगी हुने गरी स्तरोन्नतीसंगै खानेपानी, ढल, फोहोर, भित्री हावाको गुणस्तर व्यवस्थापन लगायतको कार्य हुनेछ ।
कूल रु.१३ करोड ७१ लाख ५८ हजारको लागतमा अस्पतालको पुरानो भवनलाई रेक्टोफिटिङ्ग गरी भूकम्प प्रतिरोधी बनाइने छ ।

रेक्टोफिटिङ्ग सकिएपछि अस्पतालको सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने छ । त्यसपछि प्रसूति सेवा, शल्यक्रिया, सघन उपचार सेवाको लागि उपयुक्त र पर्याप्त भवन अझै अभाव हुने भएकाले ती सहित अन्य सेवाका लागि थप अर्को नयाँ भवन निर्माण गर्ने प्रक्रियासमेत सुरु भएको छ ।

अस्पतालको लागि अत्यावश्यक मानिने शव परीक्षण घर, सार्वजनिक शौचालय, भान्छा घर लगायतका संरचना रहने गरी नयाँ भवन निर्माण गर्ने योजना अस्पतालले अगाडि बढाएको छ ।

स्वास्थ्य मन्त्रालयले नेतृत्वमा थप रु. १६ करोड ९४ लाख ३८ हजार रुपैयाँको लागतमा नयाँ भवन निर्माण सुरु हुने मेसु डा. गौतमले जानकारी दिनुभयो ।

नयाँ भवनमा लिफ्ट जडान गरी रेक्ट्रोफिटिङ्ग गरिएको भवनमासमेत जान मिल्ने गरी जडान गरिनेछ भने पुराना शौचालय भत्काएर अपाङ्ग मैत्री शौचालय बनाइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button