तपाईँ सुन्दै हुनुहुन्छः

समाजसेवी राणाद्धारा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

भक्तपुर । समाजसेवी रबि राणा नेतृत्वको बालकोट युवा समाजको एक टोलीले आज सुर्यबिनायक नगरपालिका अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

बालकोट निवासी राणाले बालकोट युवा समाजको संयोजनमा दधिकोट स्थित नगरपालिका अस्पताललाई ती स्वास्थ्य सुरक्षा समाग्री सहयोग गर्नुभएको हो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा सुनपा ४ नं. वडाका वडाध्यक्ष उत्तम थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा ५ सय थान मास्क, ५ सय सय जोर पंजा, ५ लिटर स्यानिटाईजर, पीपीई ५ थान, फेस शिल्ड ५ थान रहेका छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक राणाले कोरोना भाइरसको लडाई विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

कोरोना विरुद्धको लडाईमा स्वास्थ्यकर्मी अग्रभागमा बसेर लडिरहेको बताउदै, उनीहरुको सुरक्षाका लागि समाजले सक्दो सहयोग जारी राख्ने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष एवं सुर्यबिनायक नगरपालिका–४ का वडाध्यक्ष थापाले अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिनुभयो । संकटको बेलामा गरेको सानो सहयोगले पनि ठुलो राहत मिलेको बताउनुभयो ।

राणाले यस अघि भक्तपुर क्यान्सर अस्पताललाई एक हजार थान माक्स र एक हजार थान पञ्जा हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै लोकन्थलीमा डेरा गरी बस्ने अछामका ८ जना विद्यार्थीहरु र बालकोटका दूई जना मृगौला पिडित तथा एक जना क्यान्सर पिडित बिरामीलाई खाद्यान्न राहत वितरण गरेको थियो ।

राणाकै संयोजकत्वमा बालकोट युवा समाजले यस अघि सुर्यबिनायक नगरपालिका अन्तर्गत वडा नं.२,३ र १ का एघार सय अभावमा रहेका घर परिवारलाई रु एघार लाख बराबरको खाद्यान्न बितरण गरिएको थियो भने उपत्यकामा अलपत्र बिभिन्न जिल्लाका मजदुर तथा बिद्यार्थीलाई गाउँ फर्कन बसको निशुल्क ब्यबस्था गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button