तपाईँ सुन्दै हुनुहुन्छः

बजेटमा पर्वतका ४ ठुला योजना सम्बोधन

पर्वत । पर्वत जिल्लाका लागि ४ वटा ठूला आयोजनामा बजेटले सम्बोधन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा जिल्लाका ४ वटा सडक पूर्वाधारका लागि बजेट विनियोजन भएको हो ।

पर्वत जिल्लाका ४ वटा महत्वपूर्ण सडकमा सरकारले बजेटको ब्यवस्थापन गरेको छ । कुश्मा नगरपालिका वडा न १ मालढुङ्गा देखि म्याग्दी सदरमुकाम जोड्ने सडक माुढुंगा वेनी सडकलाई दुईु लेनको बनाउने गरी स्तरोउन्नती गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री यूवराज खतिवडाले घोषणा गर्नुभएको छ । झण्डै १० किलोमिटर सडक खण्ड सानो र साँघुरो हुँदा यात्रा कष्टकर बनिरहेको छ ।

पर्वत जिल्लामा निर्माणधिन कालीगण्डकी लोकमार्ग निर्माणका लागि समेत बजेट विनियोजन भएको छ । लोकमार्गको केहि खण्ड बाग्लुङ र गुल्मी क्षेत्रमा निर्माण भईरहे पनि कालीगण्डकी नदीको दायाँ क्षेत्र पर्वत जिल्लामा समेत निर्माण भइरहेको छ । उक्त सडक निर्माणका लागि बजेट विजिनोजन भएको छ । चालु आर्थिक बर्षमा यो सडक कालोपत्रे गर्ने गरी मन्त्रालयमा बजेट माग भएको थियो । रानीपानी देखि बर्राचौर हुँदै फलेवास ढिकसम्म सडक स्तरोउन्नतीमा बजेट भए पनि कालोपत्रेका लागि बजेट खाँचो परेको थियो । यसैगरी पर्यटकीय गन्तब्य गुल्मीको रिडी सम्म पुग्ने पोखरा–रिडी सडकका लागि सरकारले बजेट बिनियोजन गरेको छ ।

आगामी बजेटमा पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुंखु–त्रिबेणी–सेतीबेणी–रिडी सडकका लागि बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्रीले यो सडकका लागि बजेट बिनियोजन भएको बताएपछि बहुर्षिय ठेक्का मार्फत सडक निर्माण हुनेछ । गुल्मीको रिडी देखि पर्वतको सेतीबेणी देखि पोखरा सम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा गत बर्ष पनि परेको थियो ।

मध्य पहाडी लोकमार्गको सडकका बाँकी काम पनि पुरा हुने बजेटमा उल्लेख गरिएको छ । चालु बर्षमा सम्पन्न हुने गरी काम शुरु भए पनि मध्य पहाडी लोकमार्गको पर्वत खण्डको काम चालु बर्षमा पुरा नहुने भएको छ । बहुचर्चित कालीगण्डकी जलाशययुक्त परियोजनाको विषयमा भने बजेट मौन रहेको छ । सम्भाब्यता अध्ययनको शुरुवात गरिएको उक्त आयोजनाको प्रगतिको बारेमा भने बजेटमा उल्लेख गरिएको छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button