तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा क्वारेनटाइन व्यवस्थापनमा सकस

सल्यान । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने स्थानीय तहरुले निमार्ण गरेको क्वारेनटाइन व्यवस्थापनमा समस्या भएपछि सल्यानमा कोरोनाको सङ्क्रमणको जोखिम बढेको छ । क्वारेनटाइनको क्षमता भन्दा धेरै मानिस राखिदा सङ्क्रमणको जोखिम झनै बढेर गएको छ ।

सल्यानमा रोजगारीका लागि भारतका विभिन्न स्थानमा १७ हजार बढी गएको स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्क रहेको छ ।

लकडाउनको बिचमा एक हजार बढी जिल्ला भित्रिएको र अझै ७ देखि ८ हजार जिल्ला भित्रिने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

हुलकाहुल नागरिकहरू गाउँ आउन थालेपछि थेग्नै समस्या भइरहेको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले बताउनुभयो । उहाँले भन्नुभयो, १४ दिनसम्म विद्यालयमा भात खुवाएर घर फर्काउनुको विकल्प छैन ।
एक साताको अवधिमा बनगाड कुपिण्डे नगरपालिकामा आठ सय बढी नागरिक भारतबाट गाउँ फर्किएका छन् । तर नगरपालिकामा अहिलेसम्म आठ विद्यालयमा मात्र क्वारेनटाइन निमार्ण गरिएको छ । जसमा अहिले आठ सय बढी नागरिक क्वारेनटाइनमा बसिरहेका छन् ।

पालिकाका सबै विद्यालय तथा सामुदायिक भवनहरूमा क्वारेनटाइन निमार्ण गर्ने तयारी भइरहेको मेयर गोविन्द कुमार पुनले बताउनुभयो ।

नगरप्रमुख पुनका अनुसार नगरले दुई हजार नागरिकभन्दा बढीलाई थेग्न सक्ने नभए पनि नगरमा झन्डै सात हजार नागरिक गाउँ फर्किने अनुमान गरिएको छ । भात खुवाउन सकिएता पनि कोरोना महामारीसँग एक्लैले केही गर्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ ।

सङ्घ र प्रदेशले पहल नगर्ने हो भने अवस्था भयावह हुने उपमेयर मञ्जु यरीले बताउनुभयो । स्थानीय सरकारसँग परीक्षण किटहरू छैन । स्थानीय तहसँग मात्र भर पर्ने हो भने महामारी आउने निश्चित भएको उहाँको भनाई छ । स्थानीय तहसँग स्रोत, साधन र बजेटको अभाव छ उहाँले भन्नुभयो, न हामी परीक्षण गर्न सक्छौ न डाक्टरहरू छन् ।

विद्यालयको कक्षा कोठा अनुसार १० देखि ३० जनासम्म भारतबाट आएका नागरिकहरूलाई राखिएको छ । एउटै कोठामा धेरै व्यक्तिलाई राख्दा सामाजिक दुरी कायम गर्न समस्या हुने गरेको छ ।

क्वारेनटाइनमा राखिएका व्यक्तिहरू समूहमा बस्ने गर्दा सङ्क्रमणको खतरा बढेको छ । क्वारेनटाइनमा रहेका सीमित शौचालय र नुहाउने ठाउँ सबैले प्रयोग ग रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button