तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आउनेको संख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या

जनकपुरधाम । खास गरेर भारतको विभिन्न शहरहरुमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु भारतमा कोरोनाको संक्रमण बढेपछि नेपाल फर्किन थालेपछि व्यवस्थापनमा चुनौति थपिएको छ ।

धनुषा जिल्लाको विभिन्न पालिकाहरुमा सञ्चालन गरिएको क्वारेन्टाईनहरु विश्व स्वास्थ्य संगठन तथा क्वारेन्टाईन सम्बन्धि बनेको क्वारेन्टाईन व्यवस्थापन तथा सञ्चालन निर्देशिका अनुसार सञ्चालनमा नरहेपछि कोरोनाको जोखिम अझै उच्च बनेको छ ।

धनुषा जिल्लामा रहेको १८ वटा पालिका मध्ये अधिकांशमा क्वारेन्टाईन सञ्चालनमा आएको र कतिपयमा दुई वटासम्म रहेका छन् । जिल्लामा २५ वटा क्वारेन्टाईन सञ्चालनमा आएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनु भयो ।

पछिल्लो पटक नगराईन तथा मुखियापट्टीमा पनि क्वारेन्टाईन सञ्चालनमा आएको छ । खास गरेर नगराईन नगरपालिकाको वडा नंं ५ गंगुलीको क्वारेन्टाईनलाई जेठ ७ गते १४ दिनका लागि जिल्ला महामारी नियन्त्रण समितिले शिल गरेपछि समस्या उत्पन्न भएपछि नगराईन तथा मुखियापट्टीमा नयाँ क्वारेन्टाईन स्थापना गरिएको छ ।

जटही नाकाबाट भारतबाट आउने नेपालीहरुको संख्या बढेपछि जिल्ला महामारी नियन्त्रण समितिले धनुषाले आज देखि धनुषाकै खजुरी नाका खुल्ला गरेको छ । धनुषाका पूर्वी क्षेत्रका पालिकाहरुका नेपाली नागरिकहरु सोही नाका भएर नेपाल प्रवेश गर्न मिल्ने तथा व्यवस्थापनमा सजिलो हुने विश्वास गरिएको छ ।

स्थानीय पालिकाहरुले भारतबाट आउनेहरुको व्यवस्थापन गरेपनि शोचे अनुसारको गर्न नसकेको जनाएको छ । एक्कासी धेरै मान्छेहरु आएकाले व्यवस्थापनमा समस्या भएको विभिन्न पालिकाहरुका प्रमुखहरुले बताउनु भएको छ । धनुषाको सवैला नगरपालिकाका प्रमुख विजय शंकर साहले कठिनाईका बीच व्यवस्थापन गरिरहेको बताउनु भयो ।

यता प्रदेश नंं २ को विभिन्न जिल्लाहरुको नाकाबाट भारतमा रोजगारी तथा अध्ययनका लागि गएका नेपालीहरु आएपछि प्रदेशभरि क्वारेन्टाईनको संख्या बढाउदै लगिएको छ । अहिले प्रदेश नंं २ मा मात्र २ सय ९१ वटा क्वारेन्टाईन सञ्चालनमा आएको प्रदेश नंं २ का सामजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

हालसम्म विभिन्न प्रदेश भरिमा रहेको क्वारेन्टाईनमा गरेर १२ हजार २ सय ६८ जना तथा होम क्वारेन्टाईनमा ४ हजार ८ सय ३८ जना पुगेको सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button