तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा साँझ पाँच बजे सर्वदलीय बैठक आव्हान

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ पाँच बजे सर्वदलिय बैठक आव्हान गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल मार्फत जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button