तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालका सबै संक्रमित डिस्चार्ज

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको आईसोलेशन वार्डमा उपचाररत ४३ जना कोरोना संक्रमितहरु आज साँझ निको भएर घर फर्किएका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले संक्रमितहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि सबै ४३ जनालाई आज साँझ डिस्चार्ज गरिएको बताउनु भयो ।

नारायणी अस्पतालको आईसोलेशनमा उपचारका लागि भर्ना भएका ४३ जना संक्रमितहरुको लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनिहरु कोरोना मुक्त भएको पुष्टि भएसँगै साँझ डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो ।

डिस्चार्ज हुनेमा पर्साका २ जना सञ्चारकर्मी, २ जना महिला समेत रहेका छन् । त्यसैगरी आज साँझ डिस्चार्ज भएका ४३ जना मध्ये १ जना सर्लाहीको रहेको र बाँकी सबै पर्साका रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो ।

नारायणी अस्पतालमा सम्पूर्ण संक्रमितहरु डिस्चार्ज भएपछि अहिले वीरगञ्जमा खुशीयाली छाएको छ । नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई सबैले धन्यवाद दिएका छन् ।

यसैबीच, ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै नारायणी अस्पताल जेनरल सेवा सञ्चालनका लागि पूर्ण रुपमा खाली भएको छ ।

अब वीरगञ्जको गण्डक अस्प्ताललाई नारायणी अस्पताल मातहतमा रहने गरी अस्थायी कोभिड विशेष अस्पताल बनाईएको र सो अस्पतालको आईसोलेशनमा अझै २७ जना कोरोना संक्रमितहरुको उपचार भई रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो ।

यस अघि नारायणी अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमित गएराति डिस्चार्ज भएका थिए भने ९ जना शनिबार डिस्चार्ज भएका थिए ।

नारायणी अस्पतालमा ७० जना कोरोना संक्रमितलाई राखिएकोमा सबै संक्रमित निको भई घर फर्किएपछि अस्पताल खाली भएको छ ।

डिस्चार्ज हुनेको स्वागत गर्न वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नारायणी अस्पतालमा पुग्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button