तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा अर्का एक संक्रमित निको भएर घर फर्किए

नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमित एक १८ वर्षीय पुरुष आज निको भएर घर फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का १८ वर्षीय पुरुष निको भएर घर फर्केका हुन् ।

यो संगै बाँकेमा कोरोनालाई जितेर घर फर्कनेको संख्या २२ पुगेको छ । यसअघि शनिबार एकै दिन २१ जना निको भएर घर फर्केका थिए । बाँकेमा अब १ सय २३ जना उपचाररत छन् । एक जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button